+
+

पदक विजेता खेलाडीलाई किरात राई खेलकुद पत्रकार संघको सम्मान 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १९:२४

१२ माघ, काठमाडौं । किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ ।

संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो ।

संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन् ।

सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन् ।

त्यस्तै बास्केटबलका डा. आशा राई र विकास चाम्लिङ राई, ह्याण्डवलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरान राईलाई खेलकुद संघले सम्मान गरेको छ ।

त्यसैगरी बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई र टिम व्यवस्थापक मिना कुमारी राई र प्रमिला राईलाई पनि संघले सम्मान गरेको छ ।

कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोतित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

खेलाडीहरूको हौसला र प्रोत्साहनको लागि किरात राई खेलकुद पत्रकार संघले खेलाडीको सम्मान गरको संघका सचीव प्रबिन कुलुङ राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?