+
+

सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १४:१३

१३ माघ, काठमाडौं । ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७-६ (७-२), ६-४, ६- ७ (६-८), ६-४ को सेटमा पराजित गरेका हुन् ।

२४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुगेका हुन् । उनले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछन् ।

सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने भएका हुन् । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुगेका थिए । त्यसबेला उनी जोकोभिचसँगै पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?