+
+

सर्वोच्च अदालतमा हेल्थ डेस्कको स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १७:०३

१३ माघ, काठमाडौं । सर्वोच्च अदालत भित्र कार्यरत कर्मचारीलाई लक्षित गरी हेल्थ डेस्क स्थापना गरिएको छ । वीर अस्पतालले शुक्रबारदेखि सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

सर्वोच्च अदातलका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवर र वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र कुमार बस्नेतले हेल्थ डेस्कको उद्घाटन गरेका हुन् । सर्वोच्चले नै यसभन्दा अगाडी हेल्थ डेस्क स्थापना गरेको थियो । तर, प्राविधिक समस्याका कारण केही बर्ष अगाडी नै हेल्थ डेस्क सेवा राकिएको थियो ।

‘सर्वोच्च अदालत नै पहिला डेस्कको स्थापना गरेको रहेछ । प्राविधिक समस्या भएकाले बन्द भएको थियो,’ डा. बस्नेतले भने, ‘उहाँहरुले सेवा सञ्चालन गर्न अनुरोध गरेपछि हेल्थ डेस्क स्थापना गरेका हौं ।’

उनका अनुसार बिहान आइतबार, मंगलबार र बिहिबार बिहान १० देखि २ बजेसम्म हेल्थ डेस्क सञ्चालनमा आउनेछ ।

हेल्थ डेस्कका लागि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको जनशक्तिको व्यवस्थापन वीर अस्पतालले गरेको छ ।

उक्त हेल्थ डेक्सबाट साधारण स्वास्थ्य सेवा दिइने डा. बस्नेतले बताए । उनका अनुसार हामीले सिंहदबारको हेल्थ डेक्समा भएका स्वास्थ्यकर्मीलाई नै रुटिन मिलाएर अदालतको हेल्थ डेस्कबाट सेवा सञ्चालन गरेको हो ।

‘सर्वोच्च अदालतका कार्यरत विशिष्ट तथा अन्य कर्मचारी साधारण स्वास्थ्य समस्या परेको खण्डमा बाहिर जानुपर्ने नपर्ने उदेश्यले हेल्थ डेक्सको स्थापना भएको हो । तत्काल आकस्मिक सेवा चाहिएको खण्डमा प्रारम्भिक उपचार गछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?