+
+

बैंकको चर्को ब्याजदरविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १४:५३

१५ माघ, काठमाडौं । बैंकहरुको चर्को ब्याजदरविरूद्ध होलसेल तथा खुद्रा व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित भएको छ । महासंघको शुक्रबार बसेको बैठकले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको भन्दै आन्दोलन घोषणा गरेको हो ।

महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेको आरोप समेत लगाएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाविरुद्ध सोमबारदेखि आन्दोलन गरिने बताए । बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएको पनि उनले बताए ।

सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरू प्रति लिने नीति व्यवसायी मैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अवहेलना गरेको पनि बताए । ‘राज्य र बैंकहरुले व्यवसायीहरू माथि गरेको ज्यादतीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरियो’ अध्यक्ष कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?