+
+

जोकोभिचले जिते अष्ट्रेलियन ओपन, गरे नाडालको कीर्तिमान बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १७:४२

१५ माघ, काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि जित्दै कीर्तिमानी २२औं ग्राण्ड्स जित्ने राफायल नाडालको कीर्तिमान बराबरी गरेका छन् ।

वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको फाइनलमा जोकोभिचले ग्रिक खेलाडी स्टेफानो सिसिपासलाई ६-३, ७-६, ७-६ ले पराजित गरे ।

जोकोभिचले १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । उनले अष्ट्रेलियन ओपनको फाइनलमा हार व्यहोरेका छैनन् ।

साविक विजेता नाडालको चोटका कारण यस पटक अष्ट्रेलियन ओपनको यात्रा चाँडै टुङ्गिएको थियो । गत वर्ष कोभिड-१९ भ्याक्सि नलगाएका कारण अष्ट्रेलियन ओपन खेल्न नपाई फिर्ता भएका जोकोभिचले यस पटक भने उपाधि नै जिते ।

जोकोभिचले अष्ट्रेलियन ओपन १० पटक जित्दा विम्बलडन ओपन ७, युएस ओपन ३ र फ्रेन्च ओपन २ पटक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?