+
+

यस्तो संग्रहालय, जहाँ महिलाले आफ्नो कपाल काटेर चढाउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते २०:०७

काठमाडौं । संसारमा अनौठा ठाउँहरुको कमी छैन । टर्कीमा रहेको क्यापाडोसिया पनि यस्तै अनौठो रहस्यले भरिएको ठाउँ हो ।

क्यापाडोसिया आफैंमा निकै सुन्दर सहर हो, जहाँ बेलुन उडिरहेको देखिन्छ । यो सहर अर्को एउटा कारणले पनि चर्चित छ । किनकी त्यहाँ एउटा अनौठो संग्रहालय छ, जसको स्थापना ग्यालिप भन्ने व्यक्तिले गरेका थिए ।

उक्त संग्रहालयमा वर्षेनी हजारौँ पर्यटक आउँछन् र त्यहाँ आफ्नो जिउको एउटा हिस्सा छाडेर जान्छन् । यो संग्रहालय संसारका १५ वटा सबैभन्दा अनौठा संग्रहालयमध्ये छैटौँ नम्बरमा पर्दछ ।

वास्तवमा यो अनौठो संग्रहालय एउटा कपाल संग्रहालय हो । अवनोस भन्ने ठाउँमा रहेको उक्त संग्रहालयमा अहिलेसम्म १६ हजार भन्दा धेरै महिलाहरुको कपाल झुण्डिएको छ । उक्त संग्रहालय घुम्न जाने हरेक महिलाले आफ्नो कपालको केही हिस्सा काटेर त्यहाँ टाँग्ने गर्दछन् ।

यो संग्रहालयको कथा निकै रोचक तथा ३५ वर्ष पुरानो छ । एकजना फ्रान्सेली महिलाले सबैभन्दा पहिले त्यहाँ आफ्नो कपाल छाडेर गएकी थिइन् । ती महिला क्यापाडोसिया घुम्न आएको बेला त्यहाँका चट्टान खोप्ने एकजना पुरुषसँग उनको चिनजान भयो । ३ महिनासम्म टर्कीमा बस्दा ती दुईबीच प्रेम बस्यो ।

जब उनी फ्रान्स फर्किने बेला भयो तब उनले आफ्नो बसाइको सम्झनामा ढुंगा खोप्ने ती पुरुषको वर्कसपको भित्तामा आफ्नो कपाल काटेर टाँगिन् । त्यसपछि विस्तारै त्यो ठाउँ चर्चित हुँदै गयो । र, पछि उक्त ठाउँलाई कपाल संग्रहालयमा परिणत गरियो । त्यहाँ पुग्ने जो कोही महिलाले ती फ्रेन्च महिलाको कथा सुन्छन् र आफ्नो पनि कपाल काटेर त्यहाँ झुण्डाउँछन् ।

सन् १९९८ मा यो संग्रहालयको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ज भएको थियो । यो संग्रहालयका संस्थापक ग्यालिपले हरेक वर्ष लक्की ड्र को आयोजना गर्दछन् । जसमा विजेता हुने २० जनाले उक्त संग्रहालय सँगै क्यापाडोसिया शहर घुम्ने मौका पाउँदछन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?