+
+

मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १७:५६

काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारले गरेको कडाइलाई स्वागत गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा संघले विज्ञप्ति जारी गरेर धन्यवाद समेत दिएको छ ।

देशका विभिन्न भागबाट अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तीजन्य पदार्थ सहितका अन्तःशुल्कजन्य पदार्थहरु बरामद गरी उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको प्रति खुशी व्यक्त गरेको छ ।

अवैध मदिराका कारण मानिसको जनस्वस्थ्यमा समेत असर गर्ने भन्दै संघले मदिरा जस्तो सम्वेदनशील वस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई तोकेको मापदण्ड अनुसार ल्याव परीक्षण गरेर मात्रै बिक्री वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

अवैध रुपमा उत्पादित मदिराको बिक्री वितरणबाट सरकारको राजस्वमा समेत असर परेको भन्दै संघले यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?