+
+

अर्थतन्त्रमा आशाको किरण देखिन थाल्यो : उपाध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १९:००

१७ माघ, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा आशाको किरण देखिन थालेको बताएका छन् ।

बाराको सिमरामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिको विशेष साधरण सभामा उनले रेमिट्यान्सको फिगर र पर्यटन क्षेत्रमा देखिएको सुधारले अर्थतन्त्रमा सकारात्मक योगदान दिने बताए ।

‘पक्कै पनि अहिले मुलुकको अर्थतन्त्र संकटमा परेको अवस्था हो, कतिपय युवा व्यवसायीले आत्महत्याको बाटो पनि रोजेका छन्’, उनले भने, ‘तर सरसर्ती हेर्दा आशाको किरण आएको होकि जस्तो देखिन्छ । रेमिट्यान्सको फिगर बढेको छ । टुरिज्म बढेको छ । लिक्युडिटी क्राइसिस अर्थात सिडी रेसियोको कुराहरु घटेको छ । अहिलेसम्म भोग्दै नभोगेको क्राइसिस भोग्यौं, आउने दिनमा क्रमश सुधार हुन्छ, यो भन्दा नराम्रो अवस्थामा जाँदैन कि भन्ने मेरो विश्वास हो ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले भर्खरै सार्वजनिक गरेको रिपोर्टको आधारमा पनि अर्थतन्त्रमा सुधार आउँछ भनेर भन्न सकिने दावी उनको छ । ‘आईएमएफको रिपोर्टमा भारतको अर्थतन्त्रको दुई वर्षको ग्रोथ रेट ६ प्रतिशत आकलन गरिएको रहेछ । नेपाल र भारतको बीचमा पेगको फिक्स रेट छ’, उनले भने ‘त्यो हिसाबमा पनि मान्छेहरुले भने जस्तो न पाकिस्तानको जस्तो अवस्था आउन सक्छ, न श्रीलंकाको जस्तो । तर आउने दिनमा सतर्कता र संयमता भने अपनाउनु नै पर्छ ।’

कोरोना महामारी लगत्तै बैकहरुले गरेको ऋण प्रवाह र नेपाल सरकारको कडाइका कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको तर्क उनको छ । सरकारले पूँजीगत खर्च नभएको अवस्थाले निजी क्षेत्र पनि चिन्तित रहेको बताउँदै उनले प्रधानमन्त्री र मन्त्री ज्यूहरुलाई भेटेर पूँजीगत खर्च बढाउन सुझाव राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?