+
+

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १४:१६

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहीबार अपरान्ह साढे ४ बजे बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

उक्त बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।

सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेका छन् ।

तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद पनि रहेकाले गृह मन्त्रालय दिन नसक्ने सन्देश रविलाई दिएका छन् ।

तर रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत रास्वपाले दिएको छ ।

गृह मन्त्रालयमा रविबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने आवाज पनि रास्वपाभित्र झिनो रुपमा उठेको छ । बिहीबारको बैठकमा यी सबै विषयमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?