+
+

२९ वर्षमै भारानेले किन लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:०५

१९ माघ, काठमाडौं । सबैलाई आश्चर्यचकित बनाउँदै फ्रान्सका डिफेण्डर रफायल भारानेले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

करिब एक दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उनले फ्रान्सका लागि ९३ खेल खेलेका छन् । सन् २०१८ को विश्वकप विजेता उनको टिम चार वर्षपछि कतार विश्वकपमा फाइनलमा पराजित भएको थियो ।

म्यानचेस्टर युनाइटेडका यी खेलाडीले सन् २०१३ मा जर्जियाविरुद्धको खेलबाट फ्रान्सका लागि डेब्यू गरेका थिए । सो खेलमा फ्रान्स ३–१ ले विजयी थियो ।

सन् २०१८ को विश्वकपको उपाधि जित्दा भारानेले फ्रान्सले खेलेका सबै खेलमा शतप्रतिशत समय खेलेका थिए ।

क्रोएसियालाई फाइनलमा ४–२ ले हराएर फ्रान्सले दोस्रोपल्ट विश्वकप उपाधि जितेको थियो । सोही वर्ष भारानेले रियल मड्रिडका लागि चौथोपल्ट च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने चौथो पल्ट क्लब विश्वकप खेलेका थिए । उनी विश्वकै उत्कृष्टमध्येका डिफेण्डरमा गनिन्छन् ।

घरेलु र अन्तर्राष्ट्रिय फुटबलको व्यस्त तालिकाले असर पारेको र परिवारसँग बढीभन्दा बढी समय विताउने भन्दै उनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?