+
+

चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:४८

२२ माघ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । बालिकालाई सक्षम बनाउने उद्देश्यले चन्द्रनगर गाउँपालिकाको सयौं वर्ष पुरानो ऐतिहासिक प्राकृतिक नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागेको हो ।

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उदेश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

उनका अनुसार बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरुको सहभागिता र चार वटै तहका बाल विवाह, दाइजो र शिक्षा सम्बन्धी सवालहरु केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ ।

बाल विवाह र दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान, प्रत्येक विधालयमा बाल विवाहको अन्त्य विषयक कला प्रतियोगिता र उत्कृट आर्ट पेन्टिङको प्रदर्शनी, पालिका र जिल्ला स्तरमा बाल विवाहको अन्त्यको लागि भएको सकारात्मक प्रयास, प्रगति र चुनौती एवं विकासका साझेदार, बाल अधिकारकर्मी, प्रदेश सरकार तथा संघीय सरकारले गरेका पहल र अगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक सत्र यो सम्मेलनको मुख्य आकर्षण हुने पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?