+
+

अन्त्येष्टिका लागि लगेको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:३४

२३ माघ, काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो ।

तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?