+
+

अन्तर्राष्ट्रिय क्रिकेटबाट फिन्चले लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ९:३३

२४ माघ, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

अष्ट्रेलियन टी-२० टिमका कप्तानसमेत रहेका फिन्चले ३६ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् । उनले अष्ट्रेलियाको टी-२० टिममा सबैभन्दा धेरै समय कप्तानी गरे ।

सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे पनि घरेलु लिगहरु खेल्ने जनाएका छन् ।

फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

फिन्चले सबैखाले फरम्याटमा गरी ८ हजार भन्दा बढी रन बनाएका छन् भने दुई विश्वकप उपाधि जितेका छन् ।

सन् २०११ मा इंग्ल्याण्डविरुद्ध टी२० मा डेब्यु गरेका फिन्चले अष्ट्रेलियाका लागि १०२ टी-२० अन्तर्राष्ट्रिय र १४६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै पाँच टेष्टसमेत खेलेका फिन्चले आफ्नो करियरलाई ‘अम्याजिङ जर्नी’ भनेका छन् ।

फिन्चको कप्तानीमा अष्ट्रेलियाले २०२१ मा न्युजिल्याण्डलाई हराएर पहिलो पटक टी-२० विश्वकप उपाधि जितेको थियो । तर गत वर्ष अष्ट्रेलिया उपाधि रक्षा गर्न सकेन ।

अष्ट्रेलियाले आगामी अगष्टसम्म टी२० क्रिकेट नखेल्ने भएकोले भविष्यका लागि नयाँ योजना बनाउने सन्यास लिने यो सही समाय रहेको फिन्चले बताएका छन् ।

फिन्चले ओडिआईमा १७ र टी-२० आईमा दुई शतक प्रहार गरेका छन् । उनले अष्ट्रेलियाका लागि टी-२० आईमा सर्वाधिक ३१२० रन बनाएका छन् । फिन्चको नाममा टी-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्च स्कोर समेत छ ।

उनले २०१८ मा जिम्वावेविरुद्ध १७२ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?