+
+

प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १६:०५

२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच बुधबार भेटवार्ता भएको छ । बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेकी हुन् ।

नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा  आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउने कार्यक्रम छ ।

आयुक्त जुट्टाले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नाका साथै शिक्षामन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो सहयोगको शुभारम्भ गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?