+
+

बुटवलमा राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १७:२०

२५ माघ, बुटवल । बुटवलमा फागुन ६ देखि १० सम्म पाँचौं संस्करणको राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा रुपन्देही लन टेनिस संघले आयोजना गर्ने प्रतियोगिता देवीनगर लन टेनिस कम्प्लेक्समा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा देशभरका १ सय भन्दा बढी खेलाडीले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक सञ्जयप्रकाश श्रेष्ठले बताए ।

पुरुष एकल खुला, ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि, ६५ माथि, महिला एकल खुला लगायत १२ इभेन्टमा प्रतियोगिता सञ्चालन हुने उनले बताए ।

प्रतियोगिताको पुरुष/महिला सिंगलतर्फ उपाधि विजेताले ६० हजार, उपविजेताले ३० हजार र दुई जना उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सिंगलतर्फ पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थानलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ, ४५ वर्षमाथिकालाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ तथा ५५ वर्ष माथिकालाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैयाँ र ६५ वर्षमाथिलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ दिइने छ ।

यसैगरी महिला र पुरुष डबल्सतर्फ २० हजार, १० हजार तथा भेट्रान्स डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिकालाई क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने जिल्ला अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

नेपाल टेनिस संघ केन्द्रको सहयोगमा अफिसियल र प्राविधिकबाट खेल खेलाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?