+
+

राप्रपामा डा. लोहनी बने केन्द्रीय निर्देशन समितिको अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १९:०४

२५ माघ, काठमाडौं । राप्रपाले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले लोहनीलाई जिम्मेवारी दिएको हो ।

१७ सदस्यीय समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य छन् ।

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरु, वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल पनि निर्देशन समितिको सदस्य छन् ।

कोषाध्यक्ष निलकण्ठ काफ्ले र ऋषिबाबु परियार आमन्त्रित सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?