+
+

ए डिभिजन लिगमा पाँच विदेशी अनुबन्ध गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १४:०३

२६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ ।

यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

तर, विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ ।

बुधबार एन्फाको लिग कमिटी र ए डिभिजन क्लबबीचको छलफलपछि क्लबले पाँच जनासम्म विदेशी अनुबन्ध गर्न पाउने र सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने व्यवस्था गर्न लागिएको हो ।

पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ ।

ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ । तीन दर्जन खेलाडी विदेश पलायन भएपछि क्लबहरु स्तरीय खेलाडी अभावमा समस्यामा परेका थिए । पाँच खेलाडी राख्न पाउने नियमबाट उनीहरुले राहत महशुस गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?