+
+

चोभार बन्दरगाहबाट ३५ करोडको वस्तु आयात, ९८ लाखको निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १८:०५

११ फागुन, काठमाडौं । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहबाट ३५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस भन्सार बिन्दुबाट माघसम्म उक्त रकम बराबरको वस्तु आयात भएको छ । निर्यात भने मात्र ९८ लाख ३० हजार रुपैयाँको भएको छ । यो भन्सार बिन्दुबाट कुल आयातको शुन्य दशमलव ०४ र निर्यातको शुन्य दशमलव ०१ प्रतिशत वस्तु निर्यात भएको आंकडाले देखाएको छ । नेपालका दुई वटा विमानस्थलसहित कुल २७ वटा भन्सार बिन्दुबाट वैदेशिक व्यापार भएको विभागले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै व्यापार भने वीरगञ्ज भन्सारबाट हुन्छ । वीरगञ्जबाट कुल आयातको ३७.३९ प्रतिशत अर्थात ३ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यातको भने २४.९२ प्रतिशत यस विन्दुबाट हुन्छ । वीरगञ्जबाट ७ महिनाको अवधिमा २३ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भैरहवाबाट १४.२० प्रतिशत र विराटनगरबाट ११.६३ प्रतिशत वस्तु आयात भएको छ । सुख्खा बन्दरगाहबाट १२.६७ प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १०.१५ प्रतिशत वस्तु आयात हुन्छ । काठमाडौं विमानस्थल भन्सारबाट निर्यात भने २२.०८ प्रतिशत बराबर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?