+
+

देश अराजकतातिर उन्मुख छ : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १८:४७

२१ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन् ।

मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो बीचमा धेरै पार्टीका सरकारहरु भए अहिलेसम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन । त्यसले माध्यमिक र उच्च माध्यमिक तहमा व्यापक रुपमा शैक्षिक अराजकताको स्थिति छ । किनभने केन्द्रले कुनै ऐन दिएको छैन, त्यो संघीय ऐन अन्तर्गत प्रदेश र गाउँ नगरहरुले संयोजन गर्नुपर्ने त्यो भएको छैन, हरेक गाउँ, नगरपालिकाले आफ्नै ऐन निर्माण गरेर चलाएका छन्, त्यसले शैक्षिक क्षेत्रमा पनि नैराश्यता शिक्षकहरुमा पनि नैराश्यता छ ।’

नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गरे । उनले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताए ।

उनले भने, ‘ संगठित बिद्रोह बिस्तारै बढ्दै देश अराजकतातिर उन्मुख भइरहेको छ । चाहे आर्थिक, शैक्षिक, ऋणका दृष्टिकोण, भ्रष्टाचारले । यसमा निगरानी गर्ने गठबन्धनको निश्चित मापदण्ड र कार्यदिशा नभए हामी असफल हुन्छौँ ।’

उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए ।

उनले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गरे । नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतिको विषय बनेको बताए।

‘ विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको छ । यो शैक्षिक अराजकता जटिल ढंगले चुनौतीको विषय छ ।’ उनले भने ।

नेता केसीले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के र कस्तो हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘ अहिले भर्खरै हाम्रा मन्त्रीजीहरु रैथाने विश्वविद्यालय खोल्ने भनेर भनेका छन्, रैथाने विश्वविद्यालय भनेको कस्तो हुन्छ ? युनिभर्सिटी भनेको युनिभर्सालिटी हो । हाम्रो वस्तुगत आवश्यक्ताको अनुसार त्यसमा त्यो विषयमा राख्न सकिएला । युनिभर्सिटी रैथाने भन्ने मैले नबुझेको कुरा हो । नेपालमा यत्तिका विश्वविद्यालय आवश्यक छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?