+
+

‘कबड्डी’का बिकेलाई पुत्रलाभ, भन्छन्- फिल्म चल्नु र सन्तान हुनु खुसीका कुरा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १२:४८

काठमाडौं । फिल्म ‘कबड्डी’मा बिके र ‘जारी’मा मंगल सिंह जस्ता चर्चित पात्रको भूमिका निर्वाह गरेका अभिनेता विजय बराल बुवा बनेका छन् । पत्नी प्रमिलाले आइतबार बिहान साढे १० बजे बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिइन् ।

प्रमिलाले २.६ किलोको शिशुलाई जन्म दिएकी हुन् । उनीहरुले सन्तान पाएको कुरा पहिलोपटक दयाहाङ राईकी पत्नी बेनुकाले सार्वजनिक गरेकी थिइन् । पहिलो सन्तान लाभपछि अभिनेता बरालले अनलाइनखबरसँग खुसी व्यक्त गरे ।

‘खुसी लाग्दो रहेछ । एकातिर हलमा फिल्म सफलतापूर्वक चलिरहेको छ र अर्कोतिर सन्तान प्राप्तिको कुरा दुवै खुसीका कुरा हुन् । जारी रिलिजको समय एउटै पर्‍यो, खुसी लाग्यो,’ बरालले भने ।

कबड्डी र जारीमा उनलाई विवाह गर्न नसकिरहेको पात्रको भूमिकामा देख्न सकिन्छ । ‘जीवन र कथा फरक होला,’ उनले भने । तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिलाबीच विवाह भएको थियो । कामको कुरा गर्दा ‘डिग्री माइला’ उनको आगामी फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?