+
+
सरकारको नीति तथा कार्यक्रम :

राष्ट्रपति सडक खाली नगराई संसद भवन जाने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १३:०७

५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने भएका छन् ।

यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो ।

तर यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद भवन भित्र मात्रै  रिसल्ला सहितको  कारकेडको व्यवस्था गर्ने तयारी छ ।

नागरिकलाई अप्ठ्यारो नहुने गरी राष्ट्रपतिको आवागमन हुने राष्ट्रपतिका सचिवालयका एक सदस्यले जानकारी दिए । उनले भने ‘नागरिकले दुख पाउने गरी बाटोमा कुनै तामझाम हुँदैन । परम्परा धान्नका लागि गेटभित्र गर्नुपर्ने कार्य सुरक्षा निकायले गर्छन् ।’

आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा आज शुक्रबार प्रस्तुत गरिने कार्यक्रम छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?