+
+

दृष्टिविहीन महिला क्रिकेट टोली नगदसहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १८:५९

२३ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ ।

गत वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौंमा भएको नेपाल र भारतबीचको दृष्टिविहीन क्रिकेट शृंखला जितेको नेपाली टोलीलाई संघले नगद १०-१० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

पहिलो पटक भारतसँग खेलेको नेपालले शृंखला ३-१ ले जितेको थियो ।

राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहन प्रदान गर्न नगद पुरस्कार प्रदान गरेको संघले जनाएको छ ।

२०६३ सालमा स्थापना भएको नेपाल नेत्रहिन क्रिकेट संघले दृष्टिविहीन व्यक्तिहरुको क्रिकेट खेल लगायत अपाङ्गता खेलकुदको विकास, विस्तार एवं प्रवर्धन गर्दै आइरहेको छ ।

संघले विश्वमा दृष्टिविहीन महिला क्रिकेट टोलीको सुरुवात नेपालबाट गरेको थियो ।

यस संस्थाको स्थापना पश्चात नेत्रहीन क्रिकेटको पुरुषतर्फको विश्वकप, एसिया कप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता पुर्वक सहभागिता जनाएको छ भने महिलातर्फ हालसम्म नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ ।

अपाङ्गता भएको व्यक्ति त्यसमा पनि महिलालाई समाजले हेर्ने दृष्टिकोण निकै साघुरो रहेको अवस्थामा यस सोचलाई चिर्न र उपयुक्त अवसर पाएमा उनीहरुमा पनि क्षमता हुन्छ भन्ने सन्देश प्रवाह गर्न नेपाल नेत्रहीन क्रिकेट संघले देश विदेशमा दृष्टिविहीन महिला क्रिकेट शृंखला खेलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?