+
+

सन्यास फिर्ता लिंदै इंग्लिस टेष्ट टोलीमा फर्किए मोइन अली

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १७:०८

२४ जेठ, काठमाडौं । इंग्लिस अलराउण्डर मोइन अलीले सन्यास फिर्ता लिंदै इंग्ल्याण्डको टेष्ट टोलीमा पुनरागमन गरेका छन् ।

उनी अस्ट्रेलियाविरुद्ध हुने एसेस शृंखलाका लागि इंग्लिस टोलीमा समावेश भएका हुन् ।

घाइते भएका ज्याक लिचको स्थानमा मोइनलाई राखिएको इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले जनाएको छ ।

३५ वर्षीय अलीले २०२१ मा टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

तर इंग्ल्याण्ड टेष्ट टिमका कप्तान बेन स्टोक्स, प्रशिक्षक ब्रेन्डन म्याकुलम र बोर्डका डिरेक्टर रोब केसँग छलफलपछि मोइन अली टेष्ट टोलीमा फर्कन सहमत भएका हुन् ।

इंग्ल्याण्ड र अस्ट्रेलिया बीचको एसेस शृंखला यही जुन १६ देखि सुरु हुँदैछ ।

रोब केले यसै साताको सुरुमा मोइनसँग कुराकानी भएको र उनी पनि टेष्ट क्रिकेटमा पर्कन उत्साहित रहेको बताएका छन् ।

सन् २०१४ मा श्रीलंका विरुद्ध टेष्टमा डेब्यु गरेका अलीले इंग्ल्याण्डका लागि ६४ टेष्ट खेलेका छन् । जसमा उनले ५ शतक र १४ अर्धशतक सहित २ हजार ९१४ रन बनाउनुका साथै १९५ विकेट पनि लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?