+
+
WC Series
पोखरा एभेन्जर्स 2025
112/4 (14.5)
VS
३१ बलमा ५४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सुन जोख्न राष्ट्र बैंक पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते ११:१९
राजश्व अनुसन्धान विभागको कार्यालय

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?