+
+

भूकम्प पीडितलाई मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संरक्षण दिने

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई स्थायी आश्रयको आवश्यक परे मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले सघाउने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते २०:१०

१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई स्थायी आश्रयको आवश्यक परे मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले सघाउने घोषणा गरेको छ ।

आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै दुवै संस्थाले जाजरकोट भूकम्पमा परी अशक्त र आश्रयविहीन बनेका वृद्ध, अशक्त, बालबालिका र एकल महिलालाई संरक्षण दिन तयार रहेको जनाइएको छ ।

दुवै संस्थाले यस्तो सेवा आवश्यक परेमा मानव सेवा आश्रमको सम्पर्क नम्बरहरु ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्म सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?