+
+

‘तुझे देखा तो ये जाना सनम’ ९० को दशकको सबैभन्दा लोकप्रिय गीत घोषित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:३४

काठमाडौं । शाहरुख खान र काजोल स्टारर बलिउड फिल्म ‘दिलवाले दुल्हनियाले जायेंगे’को गीत ‘तुझे देखा तो ये जाना सनम’लाई भारतीय र दक्षिण एसियाली प्रशंसक छोटकरीमा ‘डीडीएलजे’ भनेर चिन्छन् ।

यो फिल्म भारतीय सिनेमाको इतिहासमा सबैभन्दा लामो समय प्रदर्शन हुने फिल्म हो । अहिले पनि मुम्बईको प्रतिष्ठित मराठा मन्दिर हलमा प्रत्येक दिन देखाइन्छ ।

अहिले यो गीत ९० को दशकको सबैभन्दा लोकप्रिय बलिउड गीत घोषित भएको छ । बेलायती प्रसारण संस्था बीबीसीले हालै गरेको एक सर्वेक्षणमा यो गीत दशककै लोकप्रिय गीत बनेको हो । यो गीतलाई बीबीसीले प्रसारण समेत गरेको छ ।

बीबीसीको एसियन नेटवर्कले श्रोतालाई ५० प्रतियोगीको सूचीबाट ९० को दशकको उत्कृष्ट बलिउड गीत छनोट गर्न आमन्त्रित गरेको थियो । स्टेसनका प्रस्तोता हारुन रसिद, निकिता कान्डा, गगन ग्रेवाल र नादिया अलीसहित उद्योगविज्ञ असिम बर्नी, अमृता तन्ना र करण पङ्गाली रहेको प्यानलले छनोट गरेको हो ।

सूचीमा फिल्म ‘दिल्लगी’को गीत ‘ओले ओले’देखि ‘खामोशी : द म्युजिकल’को गीत ‘बाहों के दरमियाँ’जस्ता गीत समावेश थिए । तर, सन् १९९५ को ब्लकबस्टर फिल्मको ‘तुझे देखा तो’ गीतले सर्वसम्मतिले जित्यो । हामी सबैलाई थाहा छ, डीडीएलजेले दिग्गज अभिनेता शाहरुख खान र अभिनेत्री काजोलले खेलेको सिमरन र राजको प्र्रेमकथा बताउँछ ।

यी दुई पात्र लण्डनमा बस्ने भारतीय हुन्, जो सिमरनको परिवारको इच्छाविपरीत भेट्छन् र प्रेममा पर्छन् । ‘तुझे देखा तो’मा यो जोडी पहेँलो तोरीको बारीले भरिएको मैदानमा नाचिरहेको दृश्य प्रस्तुत गरिएको छ । यो दृश्य ९० को दशकमा भारतको पप संस्कृतिको प्रतीक हो ।

यो दृश्य आज पनि भारतमा बन्ने उत्कृष्ट फिल्कमा पर्छ । किनकी यसले ठूलो नोस्टाल्जिक प्रभाव पारेको छ । उक्त गीतलाई कुमार सानु र लता मंगेशकरले गाएका हुन् र दशकौंदेखि म्युजिक स्ट्रिमिङ प्लाटफर्ममा सबैभन्दा धेरै बजाइने गीत मध्ये एक पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?