+
+

एकीकृत समाजवादीले मधेश सरकार छाड्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १८:४९
राजीनामा दिने तयारीमा रहेका मन्त्री गोविन्द न्यौपाने र बेची लुंगेली ।

२२ जेठ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले मधेश सरकार छाड्ने तयारी गरेको छ ।

एकीकृत समाजवादीबाट सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउँदैछन् ।

राजीनामा बुझाउन दुबै मन्त्री मुख्यमन्त्री यादवको सरकारी निवासमा पुगेका छन् । तर मुख्यमन्त्री बाहिर रहेकाले राजिनामा पत्र बुझाउन प्रतिक्षामा रहेको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् ।

राजीनामा पत्र बुझाएपछि समर्थन पनि फिर्ता लिने उनले बताइन् । मधेश सरकारबाट यसअघि नेकपा एमाले र माओवादी केन्द्र बाहिरिसकेका छन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?