+
+

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:२७

३२ जेठ, काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउन पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् ।

उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले ती बालिकालाई बलात्कार गरेको आरोप छ ।

तामाङले बालिकालाई १२ जेठमा दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा ललाई फकाई, डर, धाक धम्की देखाई बलात्कार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?