१८ साउन, काठमाडौं । नेपाली क्लब त्रिभुवन आर्मी एफसी भारतमा जारी डुरान्ड कपमा आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
समूह एफमा रहेको आर्मी पहिलो खेलमा भारतको सिलोङ लाजोङ एफसीसँग १-० ले पराजित भएको हो ।
शिलोङको जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि वाडाजिडले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यही गोल नै शिलोङलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
आर्मीले समूहको दोस्रो खेल एफसी गोवासँग खेल्नेछ भने समूहको अन्तिम खेल आइएसएल क्लब हैदरावादसँग खेल्नेछ ।
२४ क्लब सहभागि प्रतियोगितामा समूह चरणको खेलपछि ६ समूहमा विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । यस्तै उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया 4