+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

हिल्सा–सिमिकोट सडक २ लेनमा विस्तार गर्न चीनसँग सम्झौता

कोरला नाकामा आईसीपी र आईसीडी निर्माणको सम्भाव्यता अध्ययन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १९:३६

६ भदौ, काठमाडौं । सरकारले चीनसँग जोड्ने हुम्ला हिल्सा नाकादेखि सिमिकोट सडक खण्ड दुई लेनमा स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन गर्न चीनसँग सम्झौता गरेको छ ।

सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनका तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे ।

यससँगै मुस्ताङ कोरला नाकामा आईसीपी र आईसीडी निर्माण तथा अरनिको राजमार्ग मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ पक्षसँग सम्झौता भएको मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले बताए ।

सम्बन्धी चार छुट्टाछुट्टै सहयोग आदान प्रदान सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । तिनमा चक्रपथ दोस्रो खण्ड विस्तार र यी तीनवटा सम्झौता छन् ।

सोही कार्यक्रमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण सम्भाव्यता अध्ययन गरी डीपीआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीनको सहयोगका लागि अनुरोध गरे ।

चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेइहुनले नेपालका तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?