+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नदीको मापदण्ड नबढाउन माग गर्दै प्रदर्शन (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज ३ गते १३:०७

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्ने प्रदर्शन गरेका हुन् ।

खोला नदीको नयाँ मापदण्ड खारेज गर्नुपर्ने, नदी किनार  वरपरका बासिन्दामाथिको धरपकड रोक्नुपर्ने, निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने उनीहरुको माग छ ।

सर्वोच्च अदालतले नदी संरक्षणसम्बन्धी एक मुद्दाको फैसलामा वाग्मती, विष्णुमतीलगायतका नदीहरुमा हाल २० मिटर मात्र खुला क्षेत्र रहेकामा थप २० मिटर राख्नुपर्ने आदेश दिएको थियो । उक्त फैसला कार्यान्वयनमा गएमा आफूहरुको उठीबास हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?