+
+
Shares

४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास, इजरायलकै हमलामा मारिएको जिकिर

बन्धक बनाउँदा उनी केवल ९ महिनाका थिए । हमासको दाबी अनुसार नोभेम्बर २०२३ मा शिरी र उनको दुई बच्चा इजरायली बमबारीमा परी मारिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १०:३९

८ फागुन, काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दैछ ।

शवमध्ये शिरी बिबास र उनका दुई वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको हो ।

७ अक्टोबर २०२३ मा उनीहरूलाई हमासले बन्धक बनाएको थियो । त्यतिबेला एरियल चार वर्ष र केफियर नौ महिनाका थिए । यी बच्चाका पिता यार्डेनलाई केही दिनअघि रिहा गरिएको थियो ।

योसँगै हमासले शनिबार अरु ६ बन्धकलाई रिहा गर्नेछ । यो पहिला तय गरिएकोभन्दा डबल संख्या हो ।

शनिबार रिहा हुने बन्धकको बदलामा इजरायलले अक्टोबर २०२३ मा गिरफ्तार गरेका सबै महिला र १९ वर्षभन्दा कम उमेरका प्यालेस्टिनी बन्धकलाई रिहा गर्नेछ ।

केफिर हमासको कैदमा रहेका सबैभन्दा कम उमेरका बन्धक थिए । बन्धक बनाउँदा उनी केवल ९ महिनाका थिए । हमासको दाबी अनुसार नोभेम्बर २०२३ मा शिरी र उनको दुई बच्चा इजरायली बमबारीमा परी मारिएका थिए  ।

यसअघि इजरायल र हमासबीच ६ चरणमा बन्धक आदानप्रदान भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?