+
+
Shares

भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजस्व चुहावट नियन्त्रण गर्न सहज हुने बताए।
  • उनीहरूले विधेयक पारित भएपछि भन्सार प्रणाली पारदर्शी र विश्वसनीय बन्ने र अन्तर्राष्ट्रिय व्यापारलाई सहजता मिल्ने बताए।
  • सांसदहरूले विधेयकको आवश्यकतामा जोड दिएपछि मन्त्रीले यसले भन्सार प्रशासन र राजश्व परिचालनमा समस्या समाधान हुने दाबी गरे।

२६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजस्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिनेसमेत बताए ।

‘यो विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएको छ । त्यसै भएर नै यो भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘यस विधेयकका उपर विज्ञ, विशेषज्ञहरुलाई राखेर पनि छलफल गरिएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेट्ने कोशिस गरिएको छ ।’

सांसदहरूले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिएकोमा अर्थमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा जाँदा भन्सार प्रशासनमा रहेका र राजश्व परिचालनमा धेरै समस्या समाधान हुने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?