+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

जेनजी आन्दोलनले रोकिएका नाटकको पुनः मञ्चन : सिरुमारानी र कालीपार फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि मण्डला, कौशी, ओजस थिएटरमा मञ्चन रोकिएर अब मण्डलाले 'सिरुमारानी' र कौशीले 'कालीपार' पुनः सुरु गर्दैछन्।
  • शिल्पी थिएटरले जेनजी आन्दोलनका कारण स्थगित गरेको 'शिल्पी नाट्य यात्रा २०८२' को नयाँ मिति घोषणा भइसकेको छैन।
  • बबरमहलस्थित कला परिषद्को भवनमा रोकिएको 'नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५' पुनः संचालनमा आएको छ र चित्रकला प्रदर्शनी ११ असोजसम्म चल्नेछ।

काठमाडौं । जेनजी आन्दोलनअघि मण्डला थिएटरमा ‘खमारी : मौन संवाद’ र ‘सिरुमारानी’ नाटक मञ्चन भैरहेका थिए ।

कौशी थिएटरमा ‘कालीपार’, ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भैरहेका थिए । जेनजी आन्दोलन चर्किएपछि यी सबै मञ्चन रोकिए ।

नाटकघर समेत प्रभावित बने । आन्दोलन सकेर फिल्म र संगीत लयमा फर्किने तयारीमा छन् । नाटक घर पनि जुर्मुराउन थालेको देखिन्छ ।

मण्डलाले ‘सिरुमारानी’ र कौशीले ‘कालीपार’को मञ्चन बुधबारदेखि पुनः सुरु गर्दैछन् । ‘कालीपार’ आउँदो शनिबारसम्म चल्नेछ । सरुभक्तले लेखेको नाटक ‘सिरुमारानी’को मञ्चन भने आइतबारसम्म हुनेछ ।

‘खमारी’को मञ्चन भने मण्डलाले आन्दोलन चर्किएपछि स्थगित गरेको थियो । ‘कालीपार’ पुनःमञ्चनबारे कौसीले सूचनामा भनेको छ, ‘ऐतिहासिक घटनाको साक्षी बन्दै र जेनजी आन्दोलनलाई समर्थन गर्दै एक हप्ता विश्राम लिएपछि हामी नाटक ‘काली पार’ को पुनः मञ्चन सुरु गर्दैछौँ ।’

शिल्पी थिएटरले जेनजी आन्दोलन चर्किएपछि ‘शिल्पी नाट्य यात्रा २०८२’ स्थगित गरेको थियो । यो टूरको नयाँ मिति घोषणा भैसकेको छैन । भदौ अन्त्यतिर भरतपुर, पोखरा, बुटवल र कोहलपुरमा टूर घोषणा गरिएको थियो ।

सरकारले जेनजी आन्दोलनमा बर्बर दमन गरेपछि शिल्पी थिएटरले ‘हत्यारा सरकार खबरदार’ भन्दै भिडियो पनि जारी गरेको थियो ।

बबरमहलस्थित कला परिषद्को भवनमा चल्दाचल्दै रोकिएको ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५’ पुनः संचालनमा आएको थियो । ‘रुट्स एन्ड रिफ्लेक्सन’ विषयमा चलिरहेको चित्रकला प्रदर्शनी ११ असोजसम्म चल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?