News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले भक्तपुरको गुण्डामा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ।
- कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थिति थियो।
- युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सले मधेश, पहाड र हिमालका जिल्लामा पनि घोषणा गर्ने बताए।
१६ कात्तिक, काठमाडौं। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो।

कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए ।
उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’
उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् ।
नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् । ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उनले भने ।
पुष्प श्रेष्ठ, अमित पौडेललगायतले अहिलेसम्म समन्वय गरेको उनले जानकारी दिए । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उनले जानकारी दिए ।

उनले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि सबै खालका अराजकता विरुद्ध युथ भोलेन्टियर्स फोर्सले काम गर्ने जानकारी दिए ।
तस्वीरहरू : ओलीको सचिवालय


प्रतिक्रिया 4