+
+
Shares

पार्टी नेतृत्वलाई बजरंग नेपालीको सुझाव : अहंकार त्यागेर समाधान खोज्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले पार्टी नेतृत्वलाई अहंकार त्यागेर समन्वयबाट समाधान खोज्न आग्रह गर्नुभयो।
  • उहाँले महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि उपस्थित रहेको उल्लेख गर्दै पार्टी एकता कायम गर्नुपर्ने बताउनुभयो।
  • बजरंग नेपालीले आवेग त्यागेर विधानको सीमामा बसेर अनुशासित भएर समाधान निकाल्नुपर्ने धारणा राख्नुभयो।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले भृकुटीमण्डपमा उर्लिएको लहरलाई हेरेर आफ्नो निर्णयमा पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गरेका महोत्तरीका नेपालीले अहंकार त्यागेर समन्वयबाट समाधान खोज्न नेतृत्वलाई आग्रह गरे ।

‘यहाँ ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि साथीहरूको उपस्थिति छ । यो पार्टी हो कि होइन ? यो पार्टीको एकता हो कि होइन ? म पार्टीका सभापति, कार्यबाहक सभापति र संस्थापनपक्षमा रहेका भनिएका केन्द्रीय सदस्यहरुलाई भन्न चाहन्छु– अहंकारले कसैको हित गर्दैन । पार्टी त चल्दै चल्दैन । अहंकार त्यागेर फेरिएको जनमत स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाउनुस् । समन्वयबाट समाधान खोज्नुस्,’ उनले भने ।

उनले आवेग त्यागेर अनुशासित भएर तथा विधानको सीममा बसेर समाधान निकाल्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?