News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ।
- सहरी विकास मन्त्रालयले रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि निर्देशन दिएको छ।
- सरकारले रंगशालामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ।
८ माघ, काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।
सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिएको थियो ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ । त्यसपछि यो रंगशालाको क्षमता अभिवृद्धि भएर अत्याधुनिक बन्ने छ ।
प्रतिक्रिया 4