+
+
Shares

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छः निधि

नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १४:४८

१५ फागुन, महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताएका छन् ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।

नेता निधिले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्न आवश्यक रहेको बताए । ‘संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको कार्यान्वयनमा इमान्दारिता र प्रतिबद्धता जरूरी छ’,उनले भने, ‘जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति बढाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ ।’

नेता निधिले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधानमाथि अनावश्यक टीकाटिप्पणी गर्नेभन्दा यसको सफल कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

‘सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । राजनीतिक स्थायित्वविना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले दलहरूबीच सहमति र सहकार्यको संस्कृति विकास गर्नुपर्छ । परिवर्तनलाई संस्थागत गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?