+
+
Shares

साहित्यको माध्यमबाट राष्ट्रिय सवालको बहस

इलाम साहित्य महोत्सव–२०८३ को इलाममा सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाम साहित्य महोत्सव–२०८३ को पहिलो दिन कविता, आख्यान, पत्रकारिता र पर्यटनका विषयमा छलफल भएको थियो।
  • पर्यटनको वैभव विषयक सत्रमा पर्यटन व्यवसायी अमिर राईले राज्यको पर्यटन प्रवर्धन कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
  • महोत्सवमा ५० हजार रुपैयाँको हाङयुकजुनिता साहित्यिक पुरस्कार सुन्दर कुरूपलाई प्रदान गरिएको थियो।

१८ वैशाख, इलाम । शुक्रबार इलामको ठूलो टुँडिखेलबाट निस्किएको सांस्कृतिक झाँकी गौतबुद्ध सभाहल पुगेर उत्सवमा परिणत भयो । यो उत्सव साहित्यको हो तर राष्ट्रका विभिन्न सवालमा बहस सुरु भएको छ ।

इलाम साहित्य महोत्सव–२०८३ को इलाममा सुरु भएको छ । महोत्सवको पहिलो दिन कविता, आख्यान, पत्रकारिता र पर्यटनका सबालमा छलफल भएको थियो ।

‘विरासतदेखि रिल्ससम्म’ शीर्षकको शीर्षकका कविताको विभिन्न सन्दर्भका विषयमा छलफल भएको थियो ।

विनोदविक्रम केसी, रमेशचन्द्र अधिकारी, समदर्शी काइला, रिमा केसीले कविताको वर्तमान अवस्था र भविष्यका बिमर्स गरेका थिए ।

वालिका थपलियाले उक्त सेसन चलाएकी थिइन । कविताको सेसन सकिएपछि ‘डिजिटल मासु भात र हामी पत्रकार’ विषयमा अनलाईन खबरका प्रधान सम्पादक बसन्त बस्नेतले संभाषण राखेका थिए । पत्रकारिता, डिजिटल अवस्था र हामीले राख्नु पर्ने सचेतनाका बारे धारणा राखेका थिए ।

‘पर्यटनको वैभव : समृद्धिको आधार’ सत्रमा नेपालको पर्यटन विकासको सम्भावना, अवसर र चुनौतीका बारे चर्चा भएको थियो । वातावरण जोगाएर पर्यटकीय पूर्वाधार बनाउनु पर्ने वक्ताहरूको जोड थियो । यो सेसनमा पर्यटन कार्यालय काकरिभिट्टाका अधिकृत निरोज कट्टेल, उद्योग वाणिज्य संघ इलामकी पूर्व अध्यक्ष सुसिला सापकोटा, पर्यटन व्यवसायी अमिर राईसँग पत्रकार गिरिराज बाँस्कोटाले छलफल गरे ।

आख्यान–उपआख्यानमा केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघकसँग शैलेन्द्र अधिकारीले बहस गरेका थिए । विभिन्न विषयमा छलफल पछि गजल साझ भएको थियो । गजल साझमा योगनीधि भटराई, जिआर न्यौपाने, पवित्रा प्रयत्न, भुइ मान्छे, लोकेन खतिवडा, सागर बगर, सिंधु निरौलाले प्रस्तुति राखे । शनिवार पनि विभिन्न सेसनमा छलफल हुने आयोजक नगर साहित्य कला सँगीत प्रतिष्ठान इलामका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिए ।

सम्मान तथा विमोचन

महोत्सवको अवसरमा ५० हजार रुपैयाँ राशीको हाङयुकजुनिता साहित्यिक पुरस्कार सुन्दर कुरूपलाई प्रदान गरिएको थियाे । यस्तै, राधिका नेम्वाङ स्मृति पुरस्कार कविता नेपाललाई प्रदान गरिएको थियो । दिनेश डिसी र गायक पुष्पन प्रधानलाई इलाम नगरपालिकाले सम्मान गरेको थियो ।

सोही क्रममा सगरमाथा आरोही जुनिता सुब्बाको कविता सङ्ग्रह “प्रिय आत्मन” र प्रतिष्ठानको स्मारिका विमोचन भएको थियो ।

साहित्य महोत्सवमा पर्यटनको चिन्ता

४२०० मिटरको उचाइमा पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा जिल्ला बाहिरबाट आएर कञ्चनजङ्घा क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्न कम आँटले पुग्दैन। झापा घर भएका अमिर राईले पाँचथर–ताप्लेजुङ सिमानास्थित तिम्बुङ पोखरी क्षेत्रमा होटल व्यवसाय सञ्चालन गरेको ६ वर्ष भएको छ, जहाँ दुर्लभ ‘केन्जो’ फूल पाइन्छ।

पाँचौं संस्करणको इलाम साहित्य महोत्सवअन्तर्गत ‘पर्यटनको वैभव, समृद्धिको आधार’ शीर्षकमा पत्रकार गिरिराज बाँस्कोटा ले सहजीकरण गरेको छलफलमा प्यानेलिस्ट अमिर राईले राज्यको पर्यटन प्रवर्धन कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

उच्च हिमाली भेगमा वर्षको मुस्किलले चार महिना मात्र व्यापार हुने अवस्थाबिच पर्यटन व्यवसायीले भोगिरहेका समस्यासँगै राज्यको अदूरदर्शिता रहेको उनले बताए। स्थानीय तहदेखि प्रदेश सरकारसम्म पर्यटनका नाममा बजेट ‘बालुवामा पानी खन्याएजस्तै’ खर्च भइरहेको उनको गुनासो थियो।

अर्की प्यानेलिस्ट सुशीला सापकोटा ले डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न नसके वर्तमान समयमा पर्यटन व्यवसाय पछाडि धकेलिने बताइन्। राज्यले विभिन्न निकायमार्फत होमस्टे सञ्चालनमा बजेट खर्च गरे पनि व्यवसायी आफैँ सक्रिय नभएसम्म अरूको भरमा आर्थिक उपार्जन सम्भव नहुने उनको भनाइ थियो।

पर्यटन कार्यालय झापाका अधिकृत निरोज कट्टेल ले यस्तो पर्यटनलाई प्रभावकारी बनाउन राज्यले काम गरिरहेको दाबी गरे।

पछिल्लो समय भारतको पश्चिम बगालबाट इलाम, पाँचथर र ताप्लेजुङमा पर्यटक आउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले सीमावर्ती दार्जिलिङका टुर अपरेटरसँग सहकार्य गरेर क्रस–बोर्डर पर्यटक भित्र्याउन सकिने धारणा राखे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?