News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोली संख्या ६६ पुर्याउने प्रस्ताव फेरि अघि बढाएको छ।
- सन् २०२६ को विश्वकपमा पहिलोपटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलोपटक सहभागी छन्।
- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई विश्वव्यापी उत्सवका रूपमा प्रस्तुत गर्दै कम अवसर पाएका देशलाई पनि सहभागी गराउने सोच व्यक्त गर्नुभएको छ।
७ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबल ४८ टोलीमा विस्तार गरिएको संस्करण सुरु हुन बाँकी रहेकै बेला सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ६६ पुर्याउने प्रस्ताव फेरि चर्चामा आएको छ ।
फिफाभित्र यो प्रस्तावले फेरि गति लिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि कोन्मोबेलले विश्वकपमा धेरै देशलाई अवसर दिन टोली संख्या बढाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।
हाल २०३० को विश्वकप ४८ टोलीकै ढाँचामा आयोजना गर्ने योजना छ । प्रतियोगिता मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ भने उद्घाटनका विशेष खेलहरू अर्जेन्टिन, उरुग्वे र पाराग्वेमा हुने तय भएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई विश्वव्यापी उत्सवका रूपमा प्रस्तुत गर्दै आएका छन् । त्यसैले कम अवसर पाएका देशलाई पनि विश्वकपमा सहभागी गराउने सोचसँग यो प्रस्ताव मेल खाने बताइएको छ ।
सन् २०२६ को विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलोपटक खेल्दै छन् ।
यद्यपि ६६ टोलीको प्रस्ताव अझै प्रारम्भिक चरणमै रहेको र यसलाई कार्यान्वयनमा लैजान लामो प्रक्रिया बाँकी रहेको बताइएको छ ।
त्यसबारे विस्तृत छलफल सन् २०२६ विश्वकपका क्रममा हुन सक्ने अनुमान गरिएको छ ।
-समाचार संस्था एएसबाट
प्रतिक्रिया 4