+
+
Shares

लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको लगनखेल बसपार्क नजिकबाट ५ सय दरका ८ थान नक्कली नोटसहित सिरहाका १९ वर्षीय सुरज राई पक्राउ परेका छन्।

१० जेठ, काठमाडौं । ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज राई छन् । उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?