+
+
Shares

कांग्रेसले थप्यो सदस्यता वितरणको समय

महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १७:०५

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।

‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले भने ।

यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो । कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । अध्यावधिक हकमा भने केन्द्रीय कार्यालयमा आउनु पर्ने सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलको भनाइ छ ।

कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा हुने भनिएको छ। त्यसअघि कांग्रेसले सदस्यता वितरण तथा अध्यावधिकको काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?