+
+
Shares

३ हजार २२३ विद्यार्थीको प्रवेश परीक्षाको नतिजा ११ घण्टामै सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले स्नातक तहको बीआईटी प्रवेश परीक्षा एकै दिनमा सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ ।
  • ७५६ सिटका लागि भएको परीक्षामा तीन हजार दुई सय २३ जना विद्यार्थी सहभागी भएका थिए ।
  • डीन प्रा. डा. शंकरप्रसाद खनालका अनुसार ओएमआर प्रविधिमार्फत परीक्षाको नतिजा एघार घण्टामै सार्वजनिक गरिएको हो ।

३१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि स्नातक तहको सूचना प्रविधि (बीआईटी) विषयको प्रवेश परीक्षा एकै दिनमा सम्पन्न गरी नतिजासमेत सार्वजनिक गरेको छ ।

सूचना प्रविधि विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको रोजाइमा पर्ने बीआईटी विषयको प्रवेश परीक्षामा देशभरका ७५६ सिटका लागि ३ हजार ५८१ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये ३ हजार २२३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

ओएमआर प्रणालीमार्फत् लिइएको उनीहरुको प्रवेश परीक्षाको नतिजा एघार घण्टामै सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा. डा. शंकरप्रसाद खनालले जानकारी दिए ।

बीआईटी शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालयका देशभरका १५ वटा आंगिक क्याम्पसमा सञ्चालन हुँदै आएको छ । उपत्यकाका चारवटा क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसमा १०८, भक्तपुर बहुमुखी क्याम्पसमा १०८, अमृत क्याम्पसमा ७२ र पद्मकन्या क्याम्पसमा ७२ सिट रहेका छन् । देशभरका १४ वटा परीक्षा केन्द्रमा प्रवेश परीक्षा सञ्चालन गरिएको थियो ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ साउन २४ गते सम्पन्न स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयको प्रवेश परीक्षाको नतिजासमेत एकै दिनमा सार्वजनिक गरेको थियो । उक्त प्रवेश परीक्षामा ८ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।

अध्ययन संस्थानले कर्णाली प्रदेशमा आफ्नो कुनै शैक्षिक कार्यक्रम सञ्चालन नगरे पनि कर्णाली प्रदेशका विद्यार्थीलाई सहजताका लागि सुर्खेतमा परीक्षा केन्द्र राखेको थियो । यसबाट कर्णालीका विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन सहज भएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. कोमलराज रिजालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?