‘कुकुर भुक्दै गर्छ हात्ती आफ्नो बाटोमा लम्कदै गर्छ, कुकुर भुक्यो भनेर हात्ती लम्कन छोड्दैन’, कुनै सिनेमाको संवाद जस्तो लाग्ने यो अभिव्यक्ती नायक विराज भट्टको हो ।नायिका रेखा थापाले विराज भट्टलाई ‘मरेको कुकुरले शिकार गर्दैन’ भनेर अभिव्यक्ति दिएपछि यसले बजारमा तरंग नै श्रृजना गरिदिएको छ । भोजपुरी सिनेमामा रमाएका विराज यतिबेला नेपालमा छन् । उनले नेपाल आएर रेखाले दिएको अभिव्यक्तिलाई जवाफ फर्काउदै उनलाई अशिक्षितको संज्ञा दिएका छन् ।
संचारमाध्यमसँग कुरा गर्दै विराजले रेखालाई मानिस कुन संकारको हो त्यसले पनि उसको बोलीमा भर पर्ने बताए । उनले रेखाको भनाईको जवाफ दिदै शिक्षाको अभावमा यस्ता अभिव्यक्ति दिनेको पछि नलाग्ने तर्क गरेका छन् ।
विराजले भने, ‘हेर्नुहोस् मेरो जीवनमा यस्ता घटना नघटेका होइनन्, बाटोमा हिडेको हात्तीलाई देखेर कुकुर भुक्न थाल्छ, तर कुकुर भुक्यो भनेर हात्ती लम्कन छोड्दैन ।’ विराजले आफू रेखाको सिनेमाबाट आएर हिट भएको तर्कलाई नकार्दै शोभित बस्नेतको चलचित्रबाट आएको बताए ।
आफू नेपाली सिने नगरीबाट असफल भएर भोजपुरीमा लागेको भन्ने तर्कलाई समेत खण्डन गर्दै विराजले एउटा नगरीबाट अर्को नगरी फड्को मार्नुलाई पलायन नभई प्रगती भनिने तर्क गरे ।
विराज भट्टले अभिनय गरेको चलचित्र ‘दामिनी’ र रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘काली’ असोज २५ गते एकैदिनमा भिड्ने भएपछि आरोपप्रत्यारोप सुरु भएको छ । विराज ‘दामिनी’को प्रचारका लागि नेपाल आएका हुन् । उनले दशै मानेर मात्र आफू भोजपुरी सिनेमामा र्फकने बताएका छन् ।
२ सिनेमा चल्न केही दिनमात्र बाँकी रहेको अवस्थामा एक अर्का विरुद्धका खेला र कटाक्ष तिब्र रुपमा भइरहेको छ ।
प्रतिक्रिया 4