१५ भदौ, प्यूठान । प्यूठानका एक व्यक्तिले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । प्यूठानमै खोलाले बगाएर एक प्रहरीको मृत्यु पनि भएको छ ।
प्यूठानको तोरवाङ गाविस- ३ मर्कावाङका भुपाल नगरकोटीले ३४ वर्षीया श्रीमती गोमा नगरकोटीको हत्या गरेका हुन् ।
३७ वर्षीय भुपाललाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले बताए ।
यसैबीच झिमरुक खोलाले बगाउँदा प्रहरी जवान विष्णु महतराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट गोगनपानी रोल्पामा कार्यरत महतरा विदामा घर आएका थिए ।
तुषारा-२ घर भएका प्रहरी जवान महतरालाई खोला तर्ने क्रममा ओखरकोट-१ मा झिमरुक खोलाले बगाएको हो ।
जिल्ला अस्पताल विजुवारमा पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाइएको प्यूठान प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4