+
+

एमालेको घोषणा पत्रः ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते २०:४२

४ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने महत्वकाक्षी योजना समेट्ने भएको छ । साथै आफ्नो पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।

पछिल्लो तथ्यांक अनुसार नेपाली प्रतिव्यक्ति आय ७६६ डलर छ ।

एमालेले स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा टोली बनाएको छ । सोमबार सञ्चारकर्मीहरुसँग भएको छलफलमा कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले एमालेले यो पटक लक्ष्य मात्र होइन, त्यसलाई प्राप्त गर्ने आधारसहित घोषणा पत्र तयार पार्ने दाबी गरे ।

गौतमका अनुसार ३ वर्षभित्र गरिबी निवारण गर्ने र ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने योजना घोषणा पत्रमा हुनेछ । साथै केन्द्रमा पनि एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक रोजगारी दिने र ५ वर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने एमालेको दाबी छ ।

एमालेले १० वर्षभित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि घोषणा पत्रमा राख्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?