
४ जेठ, काठमाडाैं । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३८४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माअोवादीका रञ्जित रानाले ३६९८ मत पाएका छन् । रप्रपाका शिवलाल थापाले ९१७ मत मात्रै ल्याए ।
अध्यक्ष विजयी भएका लामा युवा संघ नेपालका केन्द्रीय कोषध्यक्ष पनि हुन् ।
भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वति राना विजयी भएकी छिन् । उनले ३८०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार मोमलाल दोङले ३४३५ मत ल्याएको निर्वाचन अधिकृत हरिप्रसाद भट्टले अनलाइनखबरलाई जानकारी दिए । राप्रपाकी सानुमाया ब्लोनले ८४३ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4