+
+

धराशायी छन् बाराका ग्रामिण सामुदायिक बिद्यालय

शिक्षा कार्यालय बाराको लापरवाही, शिक्षकहरु आफुखुशी काज सरुवा

कृष्ण सिग्देल कृष्ण सिग्देल
२०७४ कात्तिक १५ गते १८:१२

१५ कात्तिक, बारा । जिल्ला शिक्षा कार्यालयले उचित व्यवस्थापन गर्न नसक्दा बाराका केही सामुदायिक बिद्यालय धराशायी बनेका छन् । जिल्लाका केही बिद्यायलमा शिक्षक संख्या सुन्य छन् भने केही बिद्यालयमा भएका शिक्षकहरु समेत काज सरुवाको नाममा पाइक पर्ने स्थानमा जाँदा प्रायः प्राथमिक बिद्यायलहरु लथालिंग भएको छन् ।

कोल्हबी नगरपालीका-१० बेलवाको एक प्राथमिक बिद्यालयमा अहिले एकमात्र शिक्षिका छिन्, तर उनले तलव नपाएको महिनौं भयो । केही बर्षअघि जिल्लाले बिद्यार्थीको टाउको गनेर दिने गरेको पिसिएफ अनुदानका ४ शिक्षकबाट संचालित स्कुलमा अहिले ७० जना बिद्यार्थी अध्ययनत् छन् ।

अघिल्लो आर्थिक बर्षदेखी जिल्लामा प्राप्त हुने पिसिएफ अनुदानको रकम कटौती भएपछि शिक्षकहरु महिनौदखी बिना तलब काम गर्न बाध्य छन् । बिद्यालयकी प्रध्यानाध्यापक सागरमैलाले महिनौदेखी तलबसुबिधा नपाएको गुनासो गर्दै बिद्यालयबाट बिदा लिने तयारीमा रहेको बताइन् ।

‘पिसिएफ अनुदानमा जिल्लाले स्थाई प्रकृया अनुरुप नै नियुक्ति गर्‍यो, तर पछि अनुदान आउन छाड्यो, समस्या कसैले सुनिदिँदैनन्, अब बिद्यालय नआउने बिचारमा छु,’ प्रअले भनिन् ।

बिशेषगरी दलित र मुस्लिम समुदायका बिपन्न परिवारको बसोबास गरेको सो स्थानमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बजरंगबलीले बिद्यालयको समस्या समाधानका लागि के गर्ने आफू अन्यौलमा रहेको बताए ।

शिक्षकहरु मनोमानी काज सरुवामा

शिक्षा कार्यालय बाराले शिक्षकहरुलाई बिना आवस्यक र बिना अनुगमन नै काज सरुवामा पठाउने गरेको छ । बिद्यालयको गतिबिधिबारे सबै जानकारी कार्याल्ायमा सुचना दिने स्रोत ब्यक्तिलाई नै जानकारी नदिई शिक्षकहरुले बिद्यालय सर्ने बारामा परिपाटी नै बनेको छ ।

कोल्हबी नगरपालीकाकै साबिकको जुअवा, कट्टीमा रहेको एक प्राथमिक बिद्यायलमा पनि प्रध्ाानाध्यापक रामप्रसाद चौधरीले काज सरुवा लिएर अर्कै स्कुलमा गएपछि बिद्यालयमा समस्या भएको छ ।

काजमा गएका प्रअकै सिफरिसमा सोही बिद्यालयकी प्राथमिक तहकी राहत शिक्षिका सन्ध्याराय चौधरीलाई आफैंले निमिक्त प्रअका लागि जिम्मेवारी सुम्पेर छाडेपछि बिद्यालयमा ब्यवस्थापन पक्ष रुष्ट बनेको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ चौधरीले बिना निर्णय काज सरुवामा गएको भन्दै जिल्ला शिक्षा कार्यालयमा काज फिर्ता गरिनुपर्ने माग गरिहेका छन् । अहिलेका शिक्षा अधिकारी लालबाबु साहले बिद्यालयको समस्याबारे वेवास्ता गरेको चौधरीको गुनासो छ ।

बिद्यालयमा रहेको एउटामात्र स्थायी दरबन्दीका शिक्षक बिना जानकारी काजमा गएपछि ब्यवस्थापन पक्ष जिल्ला शिक्षा कार्यालयमा डेलिगेशन समेत पुगेको थियो । तात्कालिन शिक्षा अधिकारी धनप्रसाद पोखरेलले काजमा गएका शिक्षक रामप्रसादलाई हप्तादिन भित्र काज फिर्ता पठाउने प्रतिबद्धता जनाएप्ानि हालसम्म चौधरीको काज फिर्ता नहुँदा बिद्यालयमा तनाब बढेको हो ।

प्रअ रामप्रसाद चौधरीले बिद्यालयका बिभिन्न शीर्षकका लाखौँ रकम हिनामिना गरेर काजमा गएको स्थानीयको आरोप छ । उनी माथि अघिल्लो आर्थिक बर्षमा चर्पी निर्माणमा आएको बजेट हिनामिना गरेको आरोपमा अख्तियारमा मुद्धा चलिरहेको तत्कालिन स्कुल ब्यवस्थापन अध्यक्ष बिनोद चौधरीले बताए ।

कोल्बही ८ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय, हरैयाका प्रधानअध्यापक नै काज सरुवामा छन् । निमाबि तहका स्थायी दरबन्दीमा रहेका रामनरेश प्रसाद जयसवालले २ बर्ष अघि काज सरुवामा आफ्नै घर नजिक एक निमाबिमा प्रअको जिम्मेवारी सम्हालिरहेका छन् भने सोही बिद्यालयको खाताबाट तलब सुबिधा लिने गरेका छन् ।

शिक्षा ऐनमा काज सरुवा गर्न पाइनेबारे ठोस नियम उल्लेख नभएपनि बिद्यालयको आवस्यकतालाई हेरेर शिक्षा कार्यालयले केही समयका लागी काज सरुवामा पठाएर जिम्मेवारी दिन सक्छ । तर बारामा भने ठीक बिपरित हुने गरेको छ ।

बाराका शिक्षा अधिकारी लालबाबु साहले जिल्लाको शैक्षिक बेथितिलाई सुधार गर्न आफू लागिपरेको भन्दै राजनैतिक आडमा शक्ति देखाउने शिक्षकका दबाबले काम गर्न असजिलो भएको स्विकार गरे ।

उनले शिक्षक नै नभएका बिद्यालयमा तुरुन्त शिक्षक ब्यवस्थापन गरिने बताउँदै शिक्षाको संरचना नै स्थानीय तहमा गइसकेको कारण जनप्रतिनिधिले नै अब शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने भन्दै आफु पन्छिन खोजे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?