Comments Add Comment

List Grid
पूर्वमहान्यायाधिवक्ता खरेलको प्रश्न : यो संरचनाबाट निष्पक्ष फैसला हुन्छ ?

२३ जेठ, काठमाडौं । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट स्वच्छ र निष्पक्ष फैसला हुने विश्वास नरहेको बताएका छन् । आइतबार संवैधानिक इजलासमा उनले न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाउँदै उनीहरुले इजलास छाड्नुपर्ने बताए । ‘ प्रश्न उठी उठी श्रीमानहरुले बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता छैन’ उनले भने […]

सुलेमानको निर्देशनमा ‘इकुपिताङ’

कलाकार सुलेमान शंकरले ‘इकुपिताङ’ नामक हाँस्यश्रृङ्खला मार्फत दर्शकमाझ आफूलाई प्रस्तुत गर्ने तयारी गरेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘इकु’ नामक पात्रको भूमिका निर्वाह गरेपछि उनी चर्चामा आएका थिए । पछि उनले यही नाममा २ वटा चलचित्र पनि निर्माण गरे । यसपछि भने दर्शकबाट केही टाढा जस्तो देखिएका सुलेमान अब आफ्नै निर्देशनमा ‘इकुपिताङ’ नामक हाँस्य […]

राउटे युवतीहरूमाथि भएको दुर्व्यवहारको आदिवासी जनजाति महासंघद्वारा भर्त्सना

२३ जेठ, काठमाडौं । ‘नेपाल आदिवासी जनजाति महासंघ’ले आदिवासी राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घोर भर्त्सना गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य हो भन्दै यौन हिंसालाई चरम मानव अपराध ठहर गरेको छ । ‘घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) […]

स्थानीयबासी फर्किन थालेपछि प्रहरी टोली पनि पुग्यो दार्चुलाको तिङ्कर

२३ जेठ, धनगढी । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको तिङ्करमा नेपाल प्रहरीको १३ जनाको टोली खटिएको छ । ब्याँस गाउँपालिका–१ मा पर्ने उक्त सीमा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक हर्कसिंह महताको नेतृत्वमा १३ जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले स्थानीयबासी […]

अफगानिस्तानमा यात्रुबाहक गाडीमा बम विष्फोट, ११ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । उत्तरी अफगानिस्तानमा एउटा यात्रुबाहक गाडीमा गराइएको विष्फोटमा परी ११ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार सडकमा गुडिरहेको गाडी धरापमा पर्दा विष्फोट भएको हो । अधिकारीहरुले उक्त विष्फोट चरमपन्थी संगठन तालिबानले गराएको दाबी गरेका छन् । अफगानिस्तानको उत्तरी प्रान्त बाड्गिसका गभर्नर हुसमुद्दिन साम्सले शनिबारको विष्फोटमा परी मृत्यु […]

हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजना पक्राउ

२३ जेठ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनीमाथि अवैध वित्तीय कारोवार (हुण्डी) गरेको आरोप छ । प्रहरीले उनको साथबाट ना.२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ […]

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब […]

कोभिड-१९ : सङ्क्रमण नियन्त्रण गर्न, हाम्रा उपायलाई दिगो र व्यापक बनाऔं

पछिल्ला महीनाहरूमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को परिभाषा अनुसारको दक्षिणपूर्वी एशियाली क्षेत्रमा सार्स-कोभ-२ (कोरोनाभाइरस) सङ्क्रमणमा तीव्र र निरन्तर वृद्धि भइरहेको छ । अपि्रल र मे महीनाभरि निरन्तर रूपमा यस क्षेत्रमा २० लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने केही ठाउँहरूमा सङ्क्रमण पुष्टि हुने दर ४० प्रतिशतभन्दा पनि बढी भएको प्रतिवेदन प्राप्त भएका छन् । विभिन्न […]

बजेटमा बालबालिका

१५ जेठ २०७८ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत प्रस्तुत गरेका छन् । उक्त बजेटको विभिन्न शीर्षकमा बालबालिकाको विषयलाई सम्बोधन गरिएकोमा खुशी व्यक्त गर्नै पर्दछ । तर बजेटले अहिलेको यस विषम परिस्थितिमा समेट्न नसकेका बालबालिकाका विषयमा केन्द्रित रही केही विषयवस्तुको चर्चा गर्ने प्रयास गरेको छु । सन् २०२० […]

भूवनको फेरिएको गेटअप फिल्ममा कहिले ?

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए । सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने […]

सेभ नेपाल ग्लोबल एलायन्सले नेपाललाई दियो सय थान अक्सिजन कन्सन्ट्रेटर

२३ जेठ, काठमाडौं । सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलायन्सले नेपाललाई १०० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । अभियानले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । प्रहरीले आवश्यक दुर्गम स्थलहरुमा ढुवानी गर्न समन्वय गरिदिने जिम्मेवारी लिएको छ । कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एलाइन्सका अभियन्ताहरुले अत्यावश्यक स्थानमा […]

बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

२३ जेठ, विराटनगर । क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि […]

सरकार पक्षको माग : संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई हट्नुपर्छ

२३ जेठ, काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षले संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई हट्नुपर्ने माग गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले आइतबार वरिष्ठताका आधारमा गठन गरिएको इजलासबाट न्यायाधीशहरु कार्की र भट्टराई हट्नुपर्ने माग गरेका हुन् । उनले आफूलाई न्यायाधीश कार्की र भट्टराईमाथि आशंका रहेको भन्दै इजलासबाट हटिदिन आग्रह गरेका हुन् […]

नेपालमा प्लास्टिक पुनः प्रयोग गर्ने कोका–कोलाको प्रतिबद्धता

कोका–कोलाले नेपालमा प्लास्टिक पुनः प्रयोग ​गर्ने प्रतिबद्धता दोहोर्याएको छ । वल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाउँदै कोका–कोलाले सो प्रतिबद्धता जनाएको हो । साथै कोकले विश्वकै एक मध्येको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा पनि गरेको छ । २७,६७१ किलोग्राम फोहोर, ४ […]

डोटीको पिपल्ला बजार विद्युत् पोलका कारण आगलागीको जोखिममा

२३ जेठ, डोटी । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको डोटीको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो । वर्षौं पहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन् भने केही पोल […]

राम्रो काम गर्न सत्तामा बस्नुपर्छ भन्ने छैनः सोनु सुद

केही दिन अगाडि बलिउड नायिका हुमा कुरेशीले बलिउड कलाकार सोनु सुदलाई भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् । सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको खण्डमा आफूले भोट हाल्ने हुमाको तर्क थियो । सोनुले हालै मात्र एक वेवसाइटसँगको कुराकानी गर्दै यो बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘यो अली धेरै नै भयो । यदि, […]

विश्व वातावरण दिवसकाे अवसरमा विविध कार्यक्रम

अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि प्रमुख गन्तव्य बनेको आईबीपीवाईपी साथै आईबीएमवाईपी विद्यालय प्रिमियर अन्तर्राष्ट्रिय विद्यालय सातदोबाटोले  विश्व वातावरण दिवस २०२१ को अवसरमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । काेभिड – १९ को उच्च संक्रमणका कारण विद्यालय  भौतिकरुपमा सञ्चालन नभएको अवस्थामा भर्चुअल माध्यमबाट अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि विद्यार्थीहरूको उल्लेख्य र सक्रिय सहभागिताका साथ कार्यक्रम […]

रुपन्देहीमा एक युवकको हत्या

२४ जेठ,बुटवल । रुपन्देहीमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियारले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला […]

कोभिड फण्डमा पुष्पतारा केडिया सेवा फाउण्डेशनको ५ लाख सहयोग

केडिया अर्गनाइजेशन अन्र्तगत पुष्पतारा केडिया सेवा फाउण्डेशनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ योगदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड-१९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै उक्त सहयोग गरेको हो । फाउण्डेशनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपुर्ण योगदान हुने […]

सरकार पक्षका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : मानहानिको मुद्दा लगाउँछु

२३ जेठ, काठमाडौं । संसद विघटनको रिट सुनुवाइका लागि आइतबार वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमाथि प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानून व्यवसायीले प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानून व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले सरकार विरुद्धको मुद्दा हेर्न नमिल्ने जिकिर […]

होम डेलिभरी र ई–वाणिज्यमा प्रतिबन्ध लगाएको भन्दै ई–व्यापार संघको आपत्ति

ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएकोमा आलोचना गरेको जनाएको हो । संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म खाद्य […]