Comments Add Comment

जनमत

List Grid
ओलीले गराउलान् त तीनवटै चुनाव ?

भारत र चीनको भ्रमणपछि बलिया बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीनवटा चुनाव आफ्नै नेतृत्वको सरकारले गराउने घोषणा गरेका छन् । उनको भनाइ अनुसार स्थानीय चुनाव, प्रादेशिक चुनाव र आम निर्वाचन यही सरकारको कार्यकालमा सम्पन्न हुनेछन् । त्यसो त पछिल्ला केही दिनमा राजनीतिक वृत्तभित्र वर्तमान सरकारको दिनगन्ती सुरु नभएको होइन । कांग्रेसको सभापति र संसदीय […]

सिके राउतलाई मिडियाले ठाउँ दिनु ठीक कि गलत ?

तराई मधेसमा विखण्डनको वकालात गर्दै आएका सिके राउत काठमाडौं आएसँगै चर्चामा छन् । सरकार र अदालतले समेत सिके राउतलाई हिँडडुल वा अभिव्यक्तिमा प्रतिबन्ध लगाएको छैन । यसैक्रममा राजधानीको एउटा टेलिभिजनले बुधबार उनको अन्तरवार्ता लिएपछि प्रेस काउन्सिलले टेलीभिजनलाई चेतावनी दिएको छ । रिपोर्टर्स क्लबमा राउतलाई पत्रकार सम्मेलन गर्न काउन्सिलले रोक लगाएको छ । तपाईको विचारमा सिके […]

प्रधानमन्त्रीको चीन भ्रमण सफल कि असफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साताव्यापी चीन भ्रमण सम्पन्न गरेका छन् । भारतीय नाकाबन्दीको पृष्ठभूमिमा प्रधानमन्त्रीको यो भ्रमणलाई नेपालमा निकै महत्वका साथ हेरिएको थियो । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच पारवाहनसहित १० वटा सम्झौता भए पनि सबैभन्दा अत्यावश्यक ठानिएको इन्धन आयातसम्वन्धी सम्झौता भने हुन सकेन । यद्यपि, अहिले भएका सम्झौताले भविष्यमा नेपालको भारतनिर्भरता कम […]

बहसमा ब्रिटिस मिडिया: पञ्चकन्यालाई ‘भर्जिन’ भन्नु ठीक कि बेठीक ?

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई नेपाली मात्र होइन, बेलायती मिडियाले पनि महत्वका साथ पछ्याइरहेका छन् । पछिल्लोपटक ह्यारीलाई पञ्चकन्याले स्वागत गरेको समाचारमा प्रस्तुत गर्ने क्रममा केही बेलायती मिडियाले गरेको शब्द चयनका विषयमा सामाजिक सञ्जालमा तीव्र चर्चा भएको छ । बेलायतको टेलिग्राफलगायत केही चर्चित मिडियाले पञ्चकन्यालाई ‘फाइभ भर्जिन’ लेखेका छन् । भर्जिन शब्दले अन्यथा अर्थ […]

देउवाको जितपछि अब नेपाली कांग्रेस सरकारमा जानु ठीक कि प्रतिपक्षमै बस्नु ठीक ?

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले कांग्रेसको कमाण्ड सम्हालेलगत्तै अब केपी ओली नेतृत्वको सरकार हेरफेर हुने हल्ला चल्न थालिसकेको छ । देउवा आफैं पनि सत्ताप्रति निकै लालायित नेता मानिन्छन् । तपाईको विचारमा अब नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्नु उपयुक्त हुन्छ ? उसले सरकारमा सहभागी हुनु ठीक कि प्रतिपक्षमै […]

रोज्नुहोस्ः कांग्रेस सभापति कसलाई बनाउँदा उचित होला ?

नेपाली कांग्रेसको १३ औं महाधिवेशन यसै साता हुँदैछ । अहिलेसम्म सभापतिका लागि ४ आकांक्षीले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । तथापि औपचारिक घोषणा गर्ने क्रम जारी छ । अहिलेसम्म सभापतिका दाबेदारका रुपमा अगाडि आएका नामहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइराला छन् । प्रकाशमान सिंह र डा रामशरण महत लगभग सभापतिको दाबीबाट […]

ओलीको भारत भ्रमणः कति नम्बर आयो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिएका छन् । कतिपय विश्लेषकहरुले चाँहि भ्रमणका क्रममा भारतसँग पुरानै विषयमा कुराकानी भएको र नयाँपन नदेखिएको भन्दै खासै उपलब्धिमूलक हुन नसकेको बताएका छन् । नेपाली भ्रमण टोलीलाई भारतीय पक्षले गरेको स्वागत सत्कार भने सम्मानजनक नै देखियो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई महत्वपूर्ण […]

प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई के सुझाव दिन चाहनुहुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साताव्यापी भारत भ्रमणको मिति नेपालको प्रजातन्त्र दिवसकै दिन तय गरेका छन् । भारतले नेपालमाथि चार महिनाभन्दा लामो समय भारतले गरेको नाकाबन्दी खुलेलगत्तै र प्रजातन्त्र दिवसकै दिन हुन लागेको प्रधानमन्त्री ओलीको यो भ्रमणमा के हुन्छ भनेर चासोका साथ हेरिरहेका छन् । ओली स्वयंमले भने राष्ट्रहित विपरित कुनै सम्झौता नहुने बताएका छन् । […]

सुशीलको निधन रहस्यमय कि स्वाभाविक ?

कांग्रेस सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि देश शोकमा छ । उनको राजनीतिक योगदानका विषयमा बहस-विश्लेषणहरु पनि सुरु भएका छन् । सबैले स्वीकार गरेको विषय हो कि कोइराला सादगी एवं त्यागी नेता थिए । हरेक व्यक्तिको निधनपछि उसका सकारात्मक विशेषताहरुको चर्चा हुने गर्छ, जुन स्वभाविक नै हो । यद्यपि, कहिलेकाहिँ यस्तो चर्चा अतिरञ्जित पनि हुने गरेको […]

प्रहरीले फुटसल बन्द गर्नु ठीक कि बेठीक ?

राजधानीमा सञ्चालित फुटसल खेलमाथि बिहीबार नेपाल प्रहरीले प्रतिवन्धको घोषणा गर्‍यो । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा फुटसल व्यवसायीसँग भएको छलफलपछि प्रहरी प्रशासनले फेरि फुटसल खेल्न खेलाउन दिने भएको छ । (हेर्नुहोस् समाचार- काठमाडौंका फुटसल : २४ घण्टा बन्द, फेरि खुल्ला) ? प्रहरीको तर्क के छ भने यस्तो फुटसल खेलका कारण विद्यालय जाने केटाकेटीहरु बिग्रिए, फुटसल […]

पृथ्वीजयन्तीमा सरकारी विदा दिनु ठीक कि बेठीक ?

पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने विषयमा केपी ओली नेतृत्वको मन्त्रिमण्डल विवादमा फसेको छ । मन्त्रीहरुवीच यसबारे विवाद बढेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रमा यसबारे छलफल हुने भएको छ । प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा, उपप्रधानमन्त्री सीपी मैनालीलगायत राष्ट्रिय एकता दिवस मनाउने र सरकारी विदा दिनुपर्ने पक्षमा छन् भने एमाओवादीका मन्त्रीहरु […]

राष्ट्रप्रमुख पशुपतिनाथप्रति उत्तरदायी कि जनताप्रति ?

१५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पहिलो महिनाको तलब पशुपति विकास कोषलाई दिएपछि यो विषय बहसमा तानिएको छ । बुधबार केही राष्ट्रिय स्तरका मिडियाले सम्पादकीय नै लेखेर राष्ट्रपतिले मन्दिरमा तलब चढाउनुभन्दा भूकम्प पीडितलाई दिएको भए राम्रो हुन्थ्यो भन्ने आशय प्रकट गरेका छन् । बरिष्ठ पत्रकार तीर्थ कोइरालाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै राष्ट्रपतिले […]

केपी ओलीले मन्त्रालय फुटाएर ठीक गरे या बेठीक ?

मन्त्रीमण्डल विस्तार गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै पाँचवटा मन्त्रालय फुटाइदिएका छन् । एउटै मन्त्रालय फुटाउँदा राज्यकोषमा अर्बौंको दबाव पर्छ । प्रधानमन्त्री ओलीले आफ्नो कदमलाई वाध्यताको उपज बताउँदै प्रतिरक्षा गरेका छन् भने सत्तारुढ दलहरुभित्रै यसको गम्भीर आलोचना भइरहेको छ । ओलीले गरेको कामप्रति एमाओवादीले पनि सामान्यतः समर्थन नै जनाइरहेको छ । प्रधानमन्त्रीले बाध्यताका कारण […]

सीमानामा घुसपैठ रोक्न के गर्नुपर्ला ?

तराई मधेसमा जारी आन्दोलनसँगै नेपाल र भारतबीच पछिल्ला दिनमा सम्बन्ध चिसिएको छ । मधेसी मोर्चाको आन्दोलनमा सहभागी भारतीय नागरिक प्रहरीको गोली लागेर मारिएपछि स्थिति थप असहज बनेको छ । नेपाल-भारतको खुल्ला सीमानाका कारण पनि आपराधिक गतिविधि बढ्ने, आन्दोलनमा घुसपैठ हुने र उच्छृङ्खल समूहले समस्या पैदा गर्ने गरेका छन् । सीमामा कडाइ गर्ने र दुई छिमेकी […]

कसलाई राष्ट्रपति बनाउँदा बेस होला ?

नेपालीहरुको महत्वपूर्ण चाड दसैं सकिएलगत्तै देशले नयाँ राष्ट्रपति पाउन लागेको छ । राष्ट्रपतिका लागि संसद सदस्य नरहेका सर्वसाधारण नेपाली जनताले पनि दरखास्त दिन पाउँछन् । तर, राष्ट्रपतिलाई व्यवस्थापिका संसदका सदस्यहरुले मतदान गर्ने संवैधानिक व्यवस्था छ । अहिलेसम्म राष्ट्रपतिका लागि चर्चामा आएका नामहरुमा एमालेका विद्या भण्डारी, सुवास नेम्वाङ, कांग्रेसका कुलबहादुर गुरुङ, सुशील कोइराला, मानबहादुर विश्वकर्मा, एमाओवादीका […]

नाकाबन्दीले भारतलाई घाटा भयो कि नाफा ?

छिमेकी मुलुक भारतले ११ दिनसम्म अघोषित नाकाबन्दी गरेपछि नेपालीहरुले ठूलै समस्या झेल्नुपर्‍यो । तर, ११ दिनपछि भारतले आफैं नाकाबन्दी खोलेको घोषणा गर्न बाध्य भएको छ । यसक्रममा भू-परिवेष्ठित मुलुकको आपूर्ति रोकिएकोमा भारतको चर्को आलोचना भएको छ । प्रधानमन्त्री भएदेखि नै नेपालीको सदभाव बटुलेका भारतका पछिल्ला प्रधानमन्त्री नरेन्द्र मोदी एकाएक नेपालीहरुबाटै आलोचित भएका छन् । मधेस […]

तपाई के भन्नुहुन्छ ? प्रधानमन्त्री अमेरिका जानु ठीक कि बेठीक ?

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री सुशील कोइरालाको टोली बुधबार अमेरिका प्रस्थान गर्दैछ । राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले देश संकटमा परेका बेला वार्ता र सम्वादमा जुट्न आग्रह गर्दै प्रधानमन्त्रीलाई विदेश नजान आग्रह गरेका छन् । संविधान बनिसकेपछि प्रधानमन्त्री कोइरालाले असोज १० भित्र राजीनामा गरिसक्नुपर्ने हो । तर, उनले अमेरिकाबाट फर्किएपछि मात्रै राजीनामा दिने बताएका […]

नयाँ राष्ट्रपति र प्रधानमन्त्री कसलाई बनाउँदा ठीक होला ?

संविधान निर्माणको अन्तिम चरणमा पुग्नै लाग्दा नयाँ राष्ट्रपति र नयाँ सरकारको प्रधानमन्त्री बारेमा चर्चा परिचर्चा सुरु हुन थालेको छ । संविधान जारी भएको एक साताभित्र नयाँ प्रधानमन्त्री र एक महिनाभित्र नयाँ राष्ट्रपतिको चयन गर्नुपर्ने व्यवस्था अन्तरिम संविधानमा छ । अब को होला त नेपालको भावी प्रधानमन्त्री ? अनि राष्ट्रपति को बन्ला ? सम्भावनाको सुचीमा धेरै […]

आङकाजीलाई समातेर प्रहरीले ठीक गर्‍यो कि बेठीक ?

सामाजिक सञ्जाल फेसबुकमा केही लेखिरहने संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पा यतिबेला प्रहरी हिरासतमा छन् । उनलाई विद्युतीय कारोबार ऐनअन्तरगत मुद्दा चलाइने प्रहरीले बताएको छ । आदिवासी जनजातिहरुले भने आङकाजीको गिरफ्तारीलाई भेदभावपूर्ण भन्दै उनको तत्काल रिहाइको माग गरिरहेका छन् । आङकाजीले आफ्नो फेसबुकमा निश्चित जाति र समुदायका विषयमा खरो टिप्पणी लेख्दै आएका थिए । पछिल्लो […]

तपाई वार्ताको पक्षमा कि फटाफट संविधानको ?

संविधानसभाले फटाफट प्रक्रिया अगाडि बढाइरहेका बेला तराई मधेसमा व्यापक आन्दोलन उठिरहेको छ । यो आन्दोलनसँगै प्रमुख तीन दलका नेताहरु संविधान निर्माणको प्रक्रिया फटाफट अगाडि बढाउने कि केही ढीलो गरेर भए पनि आन्दोलनकारीहरुसँग वार्तामा बस्ने भन्ने अलमलमा परेका छन् । नेकपा एमालेका नेताहरु अहिलेको आन्दोलनलाई फेस गरेर संविधान जारी गर्न सकिने निश्कर्षमा छन् । नेपाली कांग्रेसका […]

टीकापुर काण्डबारे योगेश भट्टराईको टिप्पणीलाई के भन्ने ?

कैलालीको टीकापुरमा गतसाता भएको हत्याकाण्डमा एमाओवादीको योजना रहेको र त्यसमा वर्षमान पुन र जनार्दन शर्माको हात रहेको भन्ने एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिलाई लिएर यतिबेला तरंग आएको छ । भट्टराईको यस्तो अभिव्यक्तिले दुबै दलका नेताहरु चकित परेका छन् । तपाईको विचारमा एमालेको सचिवजस्तो जिम्मेवार पदमा बसेका युवा नेताले किन यस्तो अभिव्यक्ति दिए होलान् ? १. […]